Friday, July 13, 2018

पहिरोमा पुरिएर भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु



पहिरोमा पुरिएर भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु
News source: eKantipur
अविरल वर्षासँगै बुधबार राति पहिरोमा पुरिएर भक्तपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।  मुलुकका मध्य तथा पश्चिमी क्षेत्रमा भएको मनसुनी वर्षाका कारण धनजनको क्षति हुनुका साथै ठाउँठाउँमा सडक अवरोध भएको छ । 
भुकम्पपछि बनाएको टहरो पहिरोमा पुरिँदा भक्तपुरमा एकै परिवारका ३ जनाको ज्यान मात्रै गएन, हनुमन्ते खोलाको बाढी पसेर भक्तपुरको अधिकांश नगर क्षेत्र जलमग्न हुन पुग्यो । जगाती– च्याम्हासिंह सडक खण्ड, लिवाली, महेश्वरीखेल मैदान लगायत क्षेत्र डुवानमा परेको दृश्य हो यो । भक्तपुरमा सडक, अस्पताल, विद्यालय तथा स्थानीयका घरभित्रैसम्म बाढी पसेको थियो । 

बाढीमा फसेकाहरुको उद्धारका लागि विहिबार दिनभरजसो डुंगा, क्रेन लगायत सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  घरभित्र थुनिएका २ सय जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । वितेका चौविस घण्टामा मध्य तथा पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा धेरै भक्तपुरमा १ सय २९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै, भारी वर्षाले  रोल्पाको थबाङ गाउँपलिका ३ मा खोलाले बगाउँदा दुईजना वेपत्ता भएका छन् ।

काभ्रेको पुण्ड्यमाता खोलाको बाढी पस्दा बनेपाको पुलबजार र आसपासका क्षेत्र डुवानमा परे । गृह मन्त्रालयका अनुसार काभ्रेको पनौति  र बनेपामा पहिरोका कारण २९ लाखभन्दा भन्दा बढीको भौतिक क्षति भएको छ । अरनिको, विपी, मदन भण्डारी राजमार्ग, पोखरा बाग्लुङ सडकका ठाउँठाउँमा अवरोध भएका थिए । विहीबार दिउँसोबाट ती राजमार्ग सञ्चालनमा आएका छन् ।  शुक्रबार र शनिबार पनि देशभर जसोनै दिउँसोको समयमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असार २९ र ३० गते पश्चिमी तथा मध्य क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । स्राेत 

No comments:

Post a Comment