Showing posts with label घूससहित इन्जिनियर पक्राउ. Show all posts
Showing posts with label घूससहित इन्जिनियर पक्राउ. Show all posts

Saturday, July 7, 2018

घूससहित इन्जिनियर पक्राउ

रौतहट  जिल्ला प्राविधिक कार्यालय गौरका ईन्जिनियर अजय ठाकुर शुक्रबार ४५ हजार घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियारको हेटौंडाबाट खटिएको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । 

जिल्लाको बिजयपुरमा रहेको एक प्राविको कम्पाउण्ड पर्खाल, रंगरोगन र बाटोको कामको भुक्तानीबापत सेवाग्राहीसित ४५ हजार घूसको रकम लिएपछि उनी पक्राउ परेका हुन् । अन्तिम किस्ताको रकम भुक्तानीको क्रममा ईन्जिनियर ठाकुरले सेवाग्राहीलाई दु:ख दिएपछि अख्तियारको हेटौंडा कार्यालयलाई खबर गरेका थिए । त्यसपछि कार्यालयबाट शाखा अधिकृत र प्रहरी निरीक्षकसहितको टोली पुगी ठाकुरलाई रंगेहात पक्राउ गरेको हो । थप जानकारी...