Showing posts with label सतर्कता अपनाउन आग्रह. Show all posts
Showing posts with label सतर्कता अपनाउन आग्रह. Show all posts

Sunday, July 15, 2018

पहाडी जिल्लामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह


पहाडी जिल्लामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह
News source : eKantipur

निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो । आइतबार विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका स–साना नदीमा बाढीको सम्भावना रहेको छ । कन्काई, कोसी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

सोमबार कन्काई, कोसी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ । आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि आइतबार ९आज०, सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना भएकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।