Friday, April 24, 2020

Corona Virus update


Corona Virus Update

2076/01/12 Ktm, Nepal
The number of confirmed cases of corona virus reached 49 till now. And the number of person recovered is 10. It's going increasing day by day. The growing rate is also increasing gradually. This is not a good sign for the nation.

Tuesday, November 20, 2018

Theater owners demand refund for Aamir Khan's 'Thugs of Hindostan' post heavy losses

Theater owners demand refund for Aamir Khan's 'Thugs of Hindostan' post heavy losses


Aamir Khan's 'Thugs of Hindostan' has turned into a dud at the box office. After crossing the Rs 100 crore mark in just the first three days, the collections took a nosedive eventually. Collections seemed to have slowed to a crawl as the film raked in only Rs 140 crore in total on its second Monday. This has led to a huge loss for many exhibitors, who have now demanded a financial compensation from YRF.

Republic TV exclusively got in touch with popular trade analyst Akshaye Rathi to confirm these reports are true and he corroborated. Speaking about the same he said, "Yes there seems to have been an attempt from exhibitors to ask YRF for some kind of compensation, either for this film or for any future films from them. B and C centers, single screens have been more affected and have suffered a heavy loss."

However, he was also quick to point out that the this is not something new as he said, "This is nothing new though. Shah Rukh Khan had done it for Dilwale, Salman Khan for Tubelight and Rajinikanth is known to compensate for losses when his films have not worked. Plus, YRF holds a lot of credibility, so I am sure that they will ensure that their losses are covered."


'Thugs of Hindostan' saw Aamir Khan and Amitabh Bachchan come together on the silver screen for the first time. Directed by Vijay Krishna Acharya, the film also stars Katrina Kaif and Fatima Sana Shaikh.

Wednesday, August 22, 2018

मुलुक समृद्ध बनाउन उत्पादनमा लाग्नुस् : प्रधानमन्त्री ओली


दमक — प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमुखी पेशामा लाग्न आग्रह गरेका छन् । उनले कृषिमा आधुनिकीकरण गर्न सके ठूलो फड्को मार्न सकिने दाबी गर्दै त्यसतर्फ लाग्न आग्रह गरेका हुन् । बुधबार झापाको गौरादहमा प्रधानमन्त्री ओलीलाई गरिएको नागरिक अभिनन्दन कार्यक्रम गरिएको छ । अभिनन्दनपछि बोल्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलमा उत्पादन हुने गरी कृषिमा लाग्न आम किसानलाई आग्रह गरे । 
उनले कृषिमा आधुनिकीकरण गर्न सके, मुलुकलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताए । ओलीले किसानले आधुनिक कृषि पेशा गर्न चाहे सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘आधुनिक हिसाबले खेती गर्ने हो भने, समृद्धिको ढोका त्यहीबाट खोल्न सकिन्छ । त्यसैले कृषिमा लागौं । प्राकृतिक उत्पादन गरौं, जमिन पर्याप्त छ । अब सबै मिलेर उत्पादन बढाउनेतिर लागौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले कृषिका लागि झापा र मोरङमा कुनै समस्या नभएको दाबी गरे । उनले उच्च बाँध बाँधेर तमोरको पानी चिसाङमा ल्याएर मोरङमा तथा कनकाईको पानीले झापामा सिँचाइको व्यवस्था गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा हिडेको बताए । उनले कानुनको गलत प्रयोग गर्न नदिन सरकार कटिबद्ध भएर लागेको बताए । उनले भने,‘एक हिसाबले म राजनीतिक जोगी जस्तै भईसकेको छु । हामीलाई कुनै ढाट–छल गर्नु छैन । त्यसैले सरकार कानुनी राज्य स्थापित गर्न लागिपरेको छ ।’

प्रधानमन्त्री ओलीले आफूले विकास कसरी गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको बताए । ‘मैले जेल–नेल भोगेको छु । लात–सलाद खाएको छु । ७७ वटै जिल्ला घुमेको छु । सबै जिल्लाका भूगोल बुझेको छु । देश–विदेश सबै देखेको छु । मलाई राम्ररी थाहा छ, विकास कसरी गर्नुपर्छ,’ उनले भने । उनले केही गरेर देखाउने राम्रो अवसर पाएकाले त्यसको भरपूर उपयोग गर्ने बताए । उनले भने,‘मेरा लागि यो एउटा ठूलो अवसर बनेको छ । यतिबेला राजनीतिक रुपले, स्वास्थ्यको हिसाब पनि यो मेरा लागि अवसर हो । त्यसैले मैले यो अवसरलाई पूरा उपयोग गर्न राम्रा कामहरु गर्नुको विकल्प छैन ।’

उनले आफूले भनेका सबै कुराहरु पूरा गराएरै छाड्ने उद्घोष गरे । अघिल्लो पटक राम्रा काम गर्ने योजना बनाउदै गर्दा पदबाट हटाएकाले देखिने गरी काम गर्न नसकेको बताए । तर, यस पटक त्यो अवस्था नरहेकाले विस्तारै सबै प्रतिबद्धताहरु पूरा हुदै जाने बताए । ‘तपाईहरु हेर्दै जानुस्, अबको दुई वर्षपछि पूर्वपश्चिम रेल कसरी गुड्छ । तुइन अबको केही समयमा विस्थापित हुँदैछ,’ उनले भने,‘घर घरमा पाइपबाट ग्यास पुग्ने सिस्टमको मैले विराटनगरमा उद्घाटन गरिसके ।’

ओलीले हल्ला भएजस्तो कर वृद्धि नभएको बताए । उनले जनप्रतिनिधिलाई जनताको सेवामुखी भएर काम गर्न निर्देशन दिए । अनुभवको अभावमा वा भुलचुक कतै करको मात्रा बढेको भए, त्यसलाई समायोजन गर्न पनि जनप्रतिनिधिलाई निर्देशन दिए । उनले स्थानीय सरकारसँग कर वृद्धि गर्ने अधिकार भएकाले कर वृद्धि भएको टिप्पणी गरे । सरकारबाट सेवा सुविधा लिदा कर पनि तिर्नुपर्छ भन्ने मानसिकताबाट विचलित नहुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बुधबार नै कमल गाउँपालिकास्थित प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गरेका थिए । निर्धारित समयभन्दा करीब ३ घण्टा ढिला गरी आएका प्रधानमन्त्री ओलीले बाटो हिलो भएकाले कार्यक्रम स्थलमै नपुगी शिलान्यास गरेका थिए । पानीमा भिज्दै ३ घण्टाभन्दा बढी समयसम्म बसेका स्थानीय प्रधानमन्त्री कार्यक्रम स्थलसम्म नआउदा रुष्ट बनेका थिए । शिलान्यास कार्यक्रममा आउनुअघि प्रधानमन्त्री ओलीले नेकपाको जिल्ला कमिटी चयनबारे जिल्ला नेताहरुसँग छलफल गरेका थिए ।

अध्यक्ष, सचिवसहित तत्कालीन एमाले र माओवादी केन्द्रबाट कति जना नेता जिल्ला कमिटीमा बस्ने भन्ने विषयमा सहमति जुटेपनि नेतृत्व तहमा को–को जानेबारे टुंगो लागेको छैन । त्यस विषयमा कमल गाउँपालिकास्थित सशस्त्र प्रहरीको पाथीभरा गणमा जिल्लास्तरीय नेताहरुसँग करीब ३ घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिकामा कार्यकर्ता भेटघाट गरेका थिए । मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानुन मन्त्री भएकोमा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा ओलीले मुलुकलाई समृद्ध बढाउने प्रतिज्ञासहित सरकारको नेतृत्व गरिरहेको बताएका थिए ।

उनले आफूले मुलुकको बागडोर सम्हाले पनि समृद्ध मुलुक निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा कुनै किसिमको भ्रष्टाचार हुन नदिने बताए । उनले विगतमा शासकले बैमानीले गर्दा मुलुक पछि परेकाले अब त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

Monday, August 13, 2018

जलेश्वर कारागार डुबानमा


जनकपुर — भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । 
जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार सोमबार बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए ।

वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ ।

कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए ।

Saturday, August 11, 2018

नोटमा केरमेट गरे जेल



काठमाडौँ — नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ ।

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो । राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने बताए ।

नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ । त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

Tuesday, August 7, 2018

अवैध रूपमा कामदार टर्की पठाइयो


सञ्चालक फरार, म्यानपावरको काम भने निरन्तर 

काठमाडौँ — साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सल्टेन्सीले अवैध ढंगले टर्कीमा कामदार पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई साकुराले कामदारसँग लाखौं रुपैयाँ असुल गरी टर्की पठाइरहेको पीडितहरूले बताएका छन् ।
टर्की पुगेर काम नपाएपछि फर्केका पीडित कामदारले साकुरालाई कारबाही गर्न वैदेशिक रोजगार विभागमा प्रमाणसहित उजुरी दिएका छन् । ‘हामी बूढाबूढीलाई साकुराका सञ्चालक महेन्द्र राना मगर, अर्जुन गिरी र ईश्वर राना मगरले दिल्लीबाट टर्की पठाए,’ काभ्रेका सुरज लुइँटेलले भने, ‘अन्तर्वार्ता दिने बेला कानुनी रूपमा पठाउने भनिएको थियो । तर, दिल्लीबाट पठायो ।’
तीनै आरोपी फरार छन् । महेन्द्र र ईश्वर रानाले काठमाडौंमा पैसा उठाउने र दिल्लीमा बसेर अर्जुन गिरीले कामदार पठाउने गरेका छन् । सुरज आफन्तको सहयोगमा काठमाडौं फर्केका छन् । ‘रकम जुटाउन नसकेपछि आफ्नै श्रीमतीलाई टर्कीबाट ल्याउन सकेको छैन,’ उनले भने, ‘श्रीमती टर्कीमै भेटिएका साथीहरूको सहयोगमा बसिरहेकी छिन् ।’

सुरज महेन्द्रबाट पैसा फिर्ता लिएपछि श्रीमती झिकाउने आशाबाट टर्कीबाट आएका थिए । ‘पैसा नपाएर म यता पागल झैं भौंतारिरहेको छु । उता श्रीमती रुँदै बसेकी छिन्,’ उनले भने । टर्की जान उनीहरूले साकुरा म्यानपावरका सञ्चालक रानालाई १५ लाख रुपैयाँ दिएका थिए । ‘केयरगिभर काममा मासिक ८ सय डलर तलब हुन्छ भनेर गएका थियौं । उता गएपछि काम दिलाउन सकेन । खाना पनि हामी आफैंले जुटाएका हौं,’ उनले भने ।

टर्कीका एजेन्टले उनीहरूलाई एउटा गार्मेन्ट उद्योगमा ३५ दिन थुनेर काममा लगाएको थियो । ‘टर्कीको एजेन्टले तीन सय ५० डलर कमिसन पाएपछि एउटा गार्मेट उद्योगमा पठायो । गार्मेन्टका मालिक बिहान ८ बजे आएर सटर खोलिदिन्थ्यो । दैनिक १५/१६ घण्टा काममा लगाउँथ्यो । त्यो काम गर्न नसक्ने भएपछि मालिकलाई ३ सय ५० डलर बुझाएर त्यहाँबाट बाहिर निस्कन पायौं,’ उनले भने, ‘त्यहाँ काम गर्दा मेरो नाकमुखबाट रगत आयो ।’

उनीहरूलाई इस्तानबुलको काक्सिन भन्ने ठाउँमा एउटा कोठाभित्र थुनेर राखिएको थियो । ‘मैले पैसा त पाइनँ । श्रीमतीलाई समेत झिक्न सकिनँ,’ उनले भने, ‘मेरो जीवन नै टक्क रोकिएको जस्तो भइरहेको छ ।’

पीडितले साकुराविरुद्ध उजुरी गरे पनि विभागबाट कारबाही अगाडि बढेको छैन । साकुराले जापान र पोल्यान्ड जाने कामदारसँग पनि पैसा उठाइरहेको छ । ‘श्रमस्वीकृतिबिना कामदार पठाउँदा झन् मानव तस्करीविरुद्ध तुरुन्तै कारबाही गर्नुपर्ने हो । सञ्चालक फरार छ । म्यानपावर भने चलिरहेको छ,’ उनले भने ।

Monday, August 6, 2018

विवाह गर्ने उमेर अब २० वर्ष


विवाह गर्ने उमेर अब २० वर्ष
काठमाडौँ — हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो ।

सर्वाेच्च अदालतले ती संहिताका कतिपय प्रावधान संविधानअनुरूप बनाउन आदेश दिएपछि कानुन मन्त्रालयले संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा लैजाने सरकारको तयारी छ । देवानी र अपराध संहितामा विवाहसम्बन्धी प्रावधान बाझिएपछि सरकारले एकरूपता कायम गर्न संशोधन प्रस्ताव पेस गर्न लागेको हो । संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुनेछ ।

‘हालसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो,’ कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकाल भन्छन्, ‘तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी देखिएन, त्यसैले केटाकेटी दुवैको विवाह गर्न अब २० वर्ष उमेर पुग्नैपर्छ ।’ नयाँ कानुनअनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वत: बदर हुनेछ । बहुविवाहको सजायमा पनि दोषीलाई प्रचलनमा रहेको एक वर्षसम्मको कैदको बदला ५ वर्षसम्म कैद हुन सक्ने प्रावधान नयाँ कानुनमा छ । कानुनअनुसार यस्तो विवाह स्वत: बदर हुनेछ । संशोधन प्रस्तावमा दुवै कार्यविधि संहिता पहिल्यै भइसकेका अपराधका हकमा पनि लागू हुने व्यवस्था छ । कार्यविधि कानुन भनेको अदालतमा मुद्दा चल्दा तारेख लिने, साक्षी तथा प्रमाणलाई बुझ्ने, मुद्दा गर्ने हदम्यादलगायत प्राविधिक पक्ष समेटिएको दस्तावेज हो ।

भदौ १ देखि अदालतमा चल्दै गरेका पहिलेका मुद्दामा पनि अपराध र देवानी संहितासम्बन्धी कार्यविधि नै लागू हुनेछन् । भदौ अगाडिका घटनामा चलेका मुद्दामा भने पहिलेकै कानुनअनुसार सजाय दिइनेछ ।