Showing posts with label साढे १६ लाखको घडि नेपालमा बनिरहेकाे यथार्थ. Show all posts
Showing posts with label साढे १६ लाखको घडि नेपालमा बनिरहेकाे यथार्थ. Show all posts

Thursday, July 12, 2018

साढे १६ लाखको घडि नेपालमा बनिरहेकाे यथार्थ


साढे १६ लाखको घडि नेपालमा बनिरहेकाे यथार्थ

कोबोल्ड ब्रान्डका महँगा घडी नेपालमै बन्छन्, यहीँ बिक्री हुन्छन्। मूल्य : साढे १६ लाख, मेड इन नेपाल।

बबरमहल रिभिजिटेडको मूलचोकबाट दाहिनेतिर मुन्टो बटार्दा एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ– कोबोल्ड वाच कम्पनी, मेड इन नेपाल । भित्र छिर्दा एउटा ठूलो टेबलवरिपरि झुरुप्प केही महिला र पुरुष घडीका लागि आवश्यक छालाका सरसामान बनाइरहेका छन् ।

‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरू यो घडी कारखानामा पुग्दा जिब्रो टोक्न बाध्य हुन्छन्, लाखौँ रुपियाँ पर्ने घडी ! हुन पनि यहाँ न्यूनतम साढे २ लाखदेखि साढे १६ लाख रुपियाँसम्मका घडी बन्छन् । बाहिरपट्टि घडीलाई डिस्प्ले गरेर राखिएको छ भने भित्र धमाधम घडी उत्पादनको काम भइरहेको हुन्छ । ६ वर्षदेखि यति महँगो घडी नेपालमा उत्पादन हुँदै आएको छ तर चुपचाप । न कतै विज्ञापन देखिन्छ, न त होर्डिङ बोर्ड नै ।