Thursday, July 12, 2018

साढे १६ लाखको घडि नेपालमा बनिरहेकाे यथार्थ


साढे १६ लाखको घडि नेपालमा बनिरहेकाे यथार्थ

कोबोल्ड ब्रान्डका महँगा घडी नेपालमै बन्छन्, यहीँ बिक्री हुन्छन्। मूल्य : साढे १६ लाख, मेड इन नेपाल।

बबरमहल रिभिजिटेडको मूलचोकबाट दाहिनेतिर मुन्टो बटार्दा एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ– कोबोल्ड वाच कम्पनी, मेड इन नेपाल । भित्र छिर्दा एउटा ठूलो टेबलवरिपरि झुरुप्प केही महिला र पुरुष घडीका लागि आवश्यक छालाका सरसामान बनाइरहेका छन् ।

‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरू यो घडी कारखानामा पुग्दा जिब्रो टोक्न बाध्य हुन्छन्, लाखौँ रुपियाँ पर्ने घडी ! हुन पनि यहाँ न्यूनतम साढे २ लाखदेखि साढे १६ लाख रुपियाँसम्मका घडी बन्छन् । बाहिरपट्टि घडीलाई डिस्प्ले गरेर राखिएको छ भने भित्र धमाधम घडी उत्पादनको काम भइरहेको हुन्छ । ६ वर्षदेखि यति महँगो घडी नेपालमा उत्पादन हुँदै आएको छ तर चुपचाप । न कतै विज्ञापन देखिन्छ, न त होर्डिङ बोर्ड नै ।

No comments:

Post a Comment