Wednesday, July 11, 2018

वर्षाले अस्तव्यस्त भक्तपुर


वर्षाले अस्तव्यस्त भक्तपुर

भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् । सिद्धिस्मृति, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको छ । विद्यालयहरू पनि डुबानमा परेको छ । हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायतका क्षेत्रमा पानी पसेर सडक र खोला भन्दा ४ फिटसम्म उचाईमा पानी गए पछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ ।

डुबानका कारण जगाती, लिवालीलगायतको क्षेत्रमा सवारी आवागन प्रभावित भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए । जगाती, लिवाली, निकोसेरा लगायत स्थानहरूमा सवारी आवागनमा समस्या परेकाले वैकल्पिक सडकको प्रयोग गर्नु आवश्यक भएको समेत उनले बताए ।

No comments:

Post a Comment