Thursday, July 5, 2018
उपहारका गैंडा लिन विशेष विमान आउने
उपहारका गैंडा लिन विशेष विमान आउने
नेपालले उपहारस्वरूप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दै छ । विमानमा भेटेरिनरी चिकित्सक/केयर टेकरसहितको टोली पनि आउनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार नेपालले दिएको जोडी उपहार गैंडा बोकेर सोही दिन चार्टर जहाज चीन उड्नेछ । सँगै नेपाली भेटेरिनरी चिकित्सकसहितका विशेषज्ञ पनि जानेछन् ।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी ओली र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले भाले ‘भद्र’ र पोथी गैंडा ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण गर्नेछन् । मन्त्रालय र विभागले गतसाता उपहार दिने गैंडाको नाम जुराएका हुन् । गैंडा हस्तान्तरण गर्न विशेष कार्यक्रमको तयारी भइरहेको महानिर्देशक खडकाले बताए । अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा चीनलाई दुई जोडी एकसिंगे गैंडा उपहार दिने निर्णय भएको थियो । अर्को जोडी भने आर्थिक वर्ष २०७५/७६ मा मात्रै हस्तान्तरण गरिनेछ । ‘साइटिस कानुन’ मा एक आवमा एक जोडी मात्र उपहार दिन सकिने व्यवस्था छ । थप जानकारी...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment