Wednesday, July 4, 2018
इन्डोनेसियामा फेरी 🚢 डुब्दा २९ को मृत्यु
इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु
इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना बेपत्ता भएका छन् । उक्त फेरीमा १ सय ४० यात्रु रहेको बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मंगलबार साँझ उक्त दुर्घटना भएको हो ।
उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ । बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् । दुई साताअघि पनि सुमात्रा टापूनजिकै भएको फेरी दुर्घटनामा १ सय ६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment