Friday, July 6, 2018

माइक्रो बस दुर्घटनामा १८ जना घाइते


माइक्रो बस दुर्घटनामा १८ जना घाइते
धनकुटा, कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।  हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

गम्भिर घाइते धनकुटा–६ की ५० वर्षीया कमला भुजेल र पाख्रिबास नगरपालिका–५ का १८ वर्षीय सुरज तामाङको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । अन्य १६ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । थप जानकारी...

No comments:

Post a Comment