रौतहट जिल्ला प्राविधिक कार्यालय गौरका ईन्जिनियर अजय ठाकुर शुक्रबार ४५ हजार घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियारको हेटौंडाबाट खटिएको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।
जिल्लाको बिजयपुरमा रहेको एक प्राविको कम्पाउण्ड पर्खाल, रंगरोगन र बाटोको कामको भुक्तानीबापत सेवाग्राहीसित ४५ हजार घूसको रकम लिएपछि उनी पक्राउ परेका हुन् । अन्तिम किस्ताको रकम भुक्तानीको क्रममा ईन्जिनियर ठाकुरले सेवाग्राहीलाई दु:ख दिएपछि अख्तियारको हेटौंडा कार्यालयलाई खबर गरेका थिए । त्यसपछि कार्यालयबाट शाखा अधिकृत र प्रहरी निरीक्षकसहितको टोली पुगी ठाकुरलाई रंगेहात पक्राउ गरेको हो । थप जानकारी...
No comments:
Post a Comment