Thursday, June 28, 2018

धादिङमा ५ रेक्टर स्केलकाे भुकम्पकाे धक्का

असार १४, २०७५  संवादाता समाजिक सञ्जाल
धादिङ केन्द्र विन्दु भएर अाज बिहान करिब ९ बजेर ५० मिनेटमा ५ रेक्टर स्केलकाे भुकम्प महशुस गरिएकाे छ । साे धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पकाे पराकम्प रहेकाे राष्ट्रिय मापन केन्द्रले जनाएकाे छ । मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरकाे भूकम्प गएकाे थियाे ।

     यस्ता स साना भूकम्पका धक्काहरू पहिला पनि विगत केहि दिन यता महशुश गरिएकाे भन्ने जानकारी अाएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लाेकविजय अधिकारिका अनुसार धादिङमा महशुस गरीएकाे साे धक्का पकै पनि २०७२ वैशाख १२ गते विनाशकारि भूकम्पकाे पराकम्प हुनुपर्छ भनेर बताएका छन् । याे धक्का धादिङमा जिल्लामा मात्रै महशूस नभइ अासपासका जिल्लाहरू तथा काठमाण्डाै उपत्याका भित्र समेत महशुस गरिएकाे थियाे ।

विनाशकारि भूकम्प पछि स साना पराकम्पहरू अाइ नै रहेकाे कुरा पनि परमाणीत भएकाे छ  । केन्द्र अनुसार विनाशकारी भूकम्प यता ती क्षेत्रहरूमा भूकम्पिय गतिविधि कहिले बढ्ने कहिले घट्ने भएकाे जानकारी गराइएकाे छ र सानाे भूकम्प अाउदैमा भविष्यमा ठुलाे नै अाउला भनेर भविष्यवानि गर्न मिल्दैन।साे अातिनु पर्दैन। याे समान्य गतिविधि हाे ।
                       अपडेटकाे लागि क्लिक गर्नुहाेस् यहा


No comments:

Post a Comment